काठमाडौँ : महानगरपालिकाले सिसीटिभी क्यामराका लागि आवश्यक नेटवर्क उपलब्ध गराउन नेपाल टेलिकमसँग सहकार्य सुरु गरेको छ। कामपाका अनुसार वडा कार्यालय र सार्वजनिक स्थानका दृश्य निगरानी कक्षमा पु¥याउन एफटिटीएच फाइबर नेटवर्क प्रयोग गरिनेछ।
सम्झौताअनुसार टेलिकमले नेटवर्क सञ्चालन, मर्मतसम्भार, आकस्मिक क्षतिपछिको पुनःस्थापना, सेवा अवरोध समाधान तथा उच्च गतिको व्याण्डविथ उपलब्ध गराउनेछ। सिसीटिभी क्यामरा र उपकरणहरूको व्यवस्था महानगरले गर्नेछ।
कामपाले यसलाई सुरक्षित, स्मार्ट र प्रविधिमैत्री सहर निर्माणतर्फ महत्वपूर्ण कदमका रूपमा लिएको छ। निगरानी प्रणालीका लागि जिपीओएन प्रविधि प्रयोग गरिनेछ।