काठमाडौँ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानका नेता सुदन किरातीबीच मंसिर ७ गते औपचारिक रूपमा एकता हुने भएको छ। आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियार पनि उक्त एकतामा सहभागी हुने भएका छन्।
रास्वपा छाडेर नयाँ राजनीतिक यात्रातर्फ उन्मुख भएका परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका सुदन किरातीबीच पाँच बुँदे सहमति सम्पन्न भएको छ। सहमतिपत्रमा सोव, किराती र परियारले हस्ताक्षर गरेका छन्।
नेता किरातीले एकता प्रक्रिया पूर्ण पारदर्शिता, वैचारिक स्पष्टता र वैकल्पिक राजनीतिक शक्ति निर्माणका उद्देश्यका साथ अघि बढाइएको बताएको स्रोतले जनाएको छ। मंसिर ७ मा दुवै पक्ष संयुक्त रूपले आउने कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij