Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा १५औँ महाधिवेशनका लागि ध्यानाकर्षणपत्र

कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा १५औँ महाधिवेशनका लागि ध्यानाकर्षणपत्र

ललितपुर : कांग्रेसका २५ केन्द्रीय सदस्यले आगामी मङ्सिरभित्र १५औँ महाधिवेशन सुरु गरी तहगत अधिवेशन सम्पन्न गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका छन्।

उदयशम्शेर राणासहितका सदस्यहरूले क्रियाशील सदस्यता नवीकरण तथा वितरण छिटो टुंग्याई २०८२ फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै महाधिवेशन समयमै अघि बढाउन कार्यतालिका बनाउन आग्रह गरेका हुन्।

ध्यानाकर्षणपत्र दर्तापछि राणाले पार्टीलाई विधि–पद्धतिअनुसार चलाउँदै मध्यमार्गी समाधान अपनाउनुपर्ने आवश्यकता रहेको बताए। विशेष महाधिवेशनले जटिलता बढाउने भन्दै उनले मङ्सिर २९ अगावै १५औँ महाधिवेशन सुरु गर्नुपर्ने धारणा दोहोर्याए।

ध्यानाकर्षणपत्रमा राणासहित राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाललगायत २५ जनाले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij