
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगी व्यक्तिहरूको समर्थन सजिलै पाइनेछ। विद्यार्थीहरूको पढाइमा भन्दा खेलकुदमा समय व्यतीत हुनेछ। सामाजिक कार्यक्रमहरूमा हजुरको सहभागी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य र पराक्रममा वृद्धि हुनेछ। रोकिएका योजनाहरूलाई क्रियान्वित गर्न सक्नुहुनेछ। आर्थिक क्षेत्रमा स्थायित्व वा लाभकारी परिणाम मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला हो साहित्यको क्षेत्रमा निखार आउनेछ। जीवनसाथीको साथ मिल्नाले मनोबल उच्च रहनेछ। नयाँ कार्य प्रारम्भ गर्न सकिएला। कार्यक्षेत्रमा दायित्व बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले मनको डर उत्साहमा परिवर्तित हुनेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निले हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा प्रसिद्धी बढ्नेछ। विद्यार्थीहरूलाई धार्मिक वा आध्यात्मिक अध्ययनमा रुचि बढ्नेछ। रोकिएका काम बन्नेछ। नयाँ जिम्मेवारी समेत बढ्ने छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापार लगायत आर्थिक लाभका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सकारात्मक दृष्टिकोणको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। नाम , दाम र इनाम कमाउने समय रहेको छ। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यक्तिगत कार्यहरूलाई पनि योजनाबद्ध तरिकाले गर्नुहोस्। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अध्ययन वा अध्यापनमा अपेक्षाकृत परिणाम नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन नसकिएला। राजनीतिकहरूको लागि समय अनुकूल रहेको छ। स्वास्थ्यलाई लिएर ध्यान दिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) युवाहरुलाई करियरमा सफलता वा प्रगतिको मार्ग प्रशस्त हुनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। सकारात्मक ऊर्जा वा मानसिक शान्तिको आभास हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला। सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। कानुनी मुद्दा मामलाहरूमा पक्ष सबल रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij