Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

गृहमन्त्री अर्याल : फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्ने सरकारको तयारी

गृहमन्त्री अर्याल : फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्ने सरकारको तयारी

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रियसभा समितिमा बोल्दै उनले शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सबै सुरक्षा निकायको समन्वयमा संयुक्त गस्ती सुरु गरिएको जानकारी दिए।

निर्वाचन सुरक्षाका लागि कार्यदल गठन भई प्रतिवेदन कार्यान्वयनको तयारी भइरहेको बताउँदै उनले विदेशस्थित नेपालीलाई मताधिकार दिलाउन कानुन संशोधनको गृहकार्य अघि बढेको उल्लेख गरे।

अर्यालले फरार कैदी, लुटिएका हतियार र अन्य सुरक्षाचुनौतीलाई सम्बोधन गर्दै निष्पक्ष र भयरहित निर्वाचन गराउने सरकारको दृढता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij