काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। विगतमा राजनीतिक हस्तक्षेपले प्रभावित बक्यौता असुली अब ठोस परिणामतर्फ अघि बढेको उनले बताए।
मन्त्री घिसिङका अनुसार डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूले प्रिमियम महसुलको पहिलो किस्ता भुक्तानी गर्न थालेका छन्। उनले उद्योगीहरू, प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र नेपाल उद्योग वाणिज्य महासंघ लगायत सबै सरोकारवालालाई सहयोग र समन्वयका लागि धन्यवाद दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij