Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जनार्दन शर्मा समूहको पत्रकार सम्मेलनमा आगामी रणनीति घोषणा हुने

जनार्दन शर्मा समूहको पत्रकार सम्मेलनमा आगामी रणनीति घोषणा हुने

काठमाडौँ : जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

अभियानका नेता ओम शर्माका अनुसार दिउँसो २ बजे अनामनगरस्थित संवाद डबलीमा हुने पत्रकार सम्मेलनमा अभियानका शीर्ष नेताहरूले सम्बोधन गर्दै आगामी रणनीति र कार्ययोजनाबारे जानकारी दिनेछन्। कार्यक्रममा अभियानका तर्फबाट हालसम्मका गतिविधि, संरचना विस्तार र राजनीतिक एजेन्डाबारे विस्तृत धारणा सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ।

गत कात्तिक १८ गते राजधानीमै आयोजित पत्रकार सम्मेलनमार्फत पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान को औपचारिक घोषणा गरेका थिए। त्यसयता, अभियानमा पूर्वमाओवादी केन्द्रका नेता राम कार्की लगायतका नेताहरू सक्रिय रूपमा सहभागी हुँदै आएका छन्।

बुधबार मात्रै केन्द्रीय सदस्यद्वय ओम शर्मा, लक्ष्मण पन्त र अन्य नेताहरूले पनि अभियानमा आबद्ध हुने घोषणा गरेका थिए। अभियानले आफूलाई देशमा वैकल्पिक राजनीतिक चेतना र जनमुखी आन्दोलनको रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट