Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नवनियुक्त ३३औँ आईजीपी कार्कीले आज कमाण्ड सम्हाल्दै

नवनियुक्त ३३औँ आईजीपी कार्कीले आज कमाण्ड सम्हाल्दै

काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीले आजदेखि कमाण्ड सम्हाल्दैछन्।३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएसँगैकार्की नेतृत्वमा आएका हुन्। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो।

उनलाई आज बिहान ११ बजे गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिन्ह प्रदान गर्नेछन्। त्यसलगत्तै दिउँसो प्रहरी हेडर्क्वाटर नक्साल पुुगेर पदभार गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए।

३३ औँ महानिरीक्षकमा कार्कीले २०८४ चैत १७ सम्म अर्थात प्रहरी संगठनको नेतृत्व गर्नेछन्। खापुङको भने हिजो नै बिदाइ भइसकेको छ। भदौ १९ गतेपछि ६९ दिन नेतृत्वमा बस्नुभएका खापुङमाथि जेनजी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरेको कलंकको टीका लागेको छ।

उनी स्वयंले राजनीतिक नेतृत्वले गोली चलाउन आदेश नदिने भन्दै भदौ २३ गते संसद भवन कब्जा गर्न प्रदर्शनकारी गएपछि गोली चलाएको बताइरहेका छन्। त्यस क्रममा फिल्डमा खटिएका प्रहरी कर्मचारीमाथि कारबाहीको तयारीपछि उनले प्रहरी संगठन र कर्मचारीको बचाउ गर्नुलाई संगठनप्रतिको निष्ठाका रुपमा हेर्नेहरु पनि छन्।

यता जेनजी आन्दोलनपछि सरकारमाथि परेको दबाब र शान्तिसुरक्षा व्यवस्थापन गरी प्रहरी संगठनलाई उच्च मनोवलका साथ निर्वाचन सुरक्षा केन्द्रित बनाउनुपर्ने दायित्व नवनियुक्त महानिरीक्षक कार्कीमा छ।

कार्की २०८० मा एआईजी डाक्टर मनोज केसीले सुरु गरेको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए। मुद्दाको अनुसन्धान प्रतिवेदन तयार गर्ने र अभियोजनमा सरकारी वकिल कार्यालयसँग कार्कीको टोलीले समन्वय गरेर काम गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट