काठमाडौँ: हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरेको छ । यस्तै, अन्य प्रदेशहरूमा मौसम सफा रहने सम्भावना रहेको छ ।
आज राति पनि कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले हाल देशभर मौसम सामान्य र स्थिर रहेकाले कुनै विशेष मौसमी गतिविधि नदेखिएको स्पष्ट पारेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij