Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जेनजीका माग सम्बाेधन नभएपछि माइतीघरमा आमरण अनशन

जेनजीका माग सम्बाेधन नभएपछि माइतीघरमा आमरण अनशन

काठमाडौँ :  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका माग सम्बोधन नभएपछि काठमाडौँको माइतीघरमा आमरण अनशन सुरु गरिएको छ ।यादव सिंह नाम गरेका व्यक्तिले जेनजी आन्दोलनको माग पूरा गराउन दबाब दिने उद्देश्यले बुधबारदेखि माइतीघरमा आमरण अनशन सुरु गरेका हुन् ।उनले युवाहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले हस्ताक्षर गरेको 'शान्ति सुरक्षा कायमका लागि बल प्रयोग गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड' विपरीत ताकीताकी शरीरका माथिल्लो अङ्गहरूमा गोली हानि हत्या गर्न बाध्य पार्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तुरुन्त पक्राउ गरी प्रचलित फौजदारी कानुन बमोजिम सामूहिक हत्याका मुद्दामा कारबाही अगाडि बढाउन माग गरेका छन् ।

जेनजी आन्दोलनको सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर ।

जेनजी आन्दोलनलाई कु–शासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर ।

राजनैतिक पद र प्रशासनिक ओहोदामा बसी अकुत आर्जन गर्नेहरूलाई भ्रष्टाचार जन्य कसुरको दायरामा ल्याउन उच्च स्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्ने र अदालतका न्यायाधीशहरुको सम्पत्ति छानबिन र कारबाहीको लागि न्याय परिषद् मार्फत छानबिन आयोग गठन गरी प्रतिवेदनको दोषी देखि देखाएका राजनैतिक पदाधिकारी प्रशासनिक व्यक्तिहरू र न्यायाधीशलाई तत्काल कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारको अन्त्य गर ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट