इच्छाकामना : चितवन बलेरो गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फिस्लिङबाट हपनी तर्फ गइरहेको बागमती प्रदेश ०१–००२–झ ६६६२ नम्बरको बोलेरो जीप इच्छाकामना गाउँपालिका वडा नं. २ स्थित हपनीमा मङ्गलबार साँझ : १५ बजे दुर्घटनामा हुदाँ हपनीका ८० बर्षिया बीर बहादुर प्रजाको मृत्यु भएको हो ।दुर्घटनामा परि सोही ठाउँका कर्ण बहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुबै जनाको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
बलेरोमा चालक सहित चार जना सवार थिए । चालक सोही ठाउँ बस्ने विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij