इच्छाकामना : चितवनमा सवारी दुर्घटना हुदाँ तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फिस्लिङबाट हपनी तर्फ गइरहेको बागमती प्रदेश ०१–००२–झ ६६६२ नम्बरको बोलेरो जीप इच्छाकामना गाउँपालिका वडा नं. २ स्थित हपनीमा आज मङ्गलबार साँझ ६ : १५ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि जीपमा सवार इच्छाकामना २ का बीर बहादुर प्रजा,कर्ण बहादुर प्रजा र बिष्णु प्रजा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । घाइते मध्ये बीर बहादुर प्रजाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । घाइतेहरुको उद्दार गरि उपचारको लागि भरतपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।
जीपमा चालकसहित चार जना सवार थिए ।चालक सोही ठाउँ बस्ने विकास प्रजा भने सकुशल रहेको छ । जीप सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त जीप कृषि एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij