Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मधेस प्रदेशमा नाटकीय परिवर्तन, सरोज यादव मुख्यमन्त्री नियुक्त

मधेस प्रदेशमा नाटकीय परिवर्तन, सरोज यादव मुख्यमन्त्री नियुक्त

काठमाडौँ : मधेस प्रदेशको राजनीतिमा नाटकीय मोड आएको छ । सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई सिन्धुलीस्थित एक होटलमा मुख्यमन्त्रीको रूपमा शपथ गराएकी छन् । संविधानको धारा १६८(३) बमोजिम यादव ठुलो दलको हैसियतमा मुख्यमन्त्री बनेका हुन् ।

विश्वासको मत नपाउने भएपछि केही दिनअघि मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका थिए । सोनलले प्रदेश प्रमुखले स्वास्थ्य उपचारका नाममा जनकपुर छोडेर बिचबाटोमा नै शपथ गराएको भन्दै आपत्ति ज नाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij