Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आज सोमबार, यस्तो छ तपाइको राशिफल !

आज सोमबार, यस्तो छ तपाइको राशिफल !

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् नयाँ अवसरहरु प्राप्त हुनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। यात्रा गर्दा व्यक्तिगत जिम्मेवारी र सतर्कता अपनाउनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अड्किएको कार्य पुनः प्रारम्भ हुनेछ। राजनीतिक योजनाहरूमा सफलता प्राप्त हुनेछ। वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग पाइएला। आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मानसम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा आफन्तहरूको साथ पाइएला। नोकरी वा पेशामा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। कामको तारिफ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। मन अशान्त रहनेछ। कार्यक्षेत्रमा झुटो आरोप लाग्न सक्ला। राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। विदेशतिरबाट शुभ सूचना मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिस्पर्धामा विजय प्राप्त भइनेछ। मेहनतको राम्रो परिणाम हात लाग्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। फजुल खर्चबाट बच्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक समस्याले कार्य समयमा पूरा नहोला। शरीरमा कमजोरीको अनुभूति हुनेछ। इष्टमित्रहरूबाट रोकिएका कार्य बन्नेछन्। कार्यक्षेत्रमा आलस्य नगरौं। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा लगनशीलताको प्रशंसा हुनेछ। योजनाबद्ध प्रयासले सफलता मिल्नेछ। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। बोलीको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्यमा सक्रियता बढ्नेछ। योजना र विचारहरू गोप्य राख्नुहोस्। अरूको आन्तरिक विषयमा हस्तक्षेप नगरौँ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लामो दूरीको यात्रा सफल रहनेछ। भाग्यले साथ दिनेछ। धार्मिक स्थलहरुको भ्रमण वा मठमन्दिर आदिमा दर्शनका योग छन्। युवाहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आर्थिक पक्ष सुदृढ रहने र स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम सम्बन्धमा सफलता मिल्नेछ। मन प्रसन्न रहनेछ। रचनात्मक वा कलात्मक कार्यहरूमा मन लाग्नेछ। व्यवसायमा सन्तानको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पराक्रममा वृद्धि हुनेछ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। आफन्तहरूबाट उपहार प्राप्त होला। समय अनुकूल रहेको छ। आफूभन्दा सानाको माया पाइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट