Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

निर्वाचनमा साइबर सुरक्षाबारे गृहमन्त्रीले गरे छलफल

निर्वाचनमा साइबर सुरक्षाबारे गृहमन्त्रीले गरे छलफल

काठमाडौँ  : गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचनमा साइबर सुरक्षाबारे सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गरेका छन् ।आइतबार गृह मन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरीको साइबर ब्युरो तथा प्रेस काउन्सिलका प्रमुख तथा पदाधिकारीहरूसँग मन्त्री अर्यालले छलफल गरेका हुन् ।

फागुन २१ मा घोषित निर्वाचनमा साइबरको सही प्रयोग र अनुगमनका लागि गृह मन्त्रालयबाट हुने साथ र सहयोगमा आफू कटिबद्ध रहेको गृहमन्त्री मन्त्री अर्यालले बताए ।आसन्न निर्वाचनमा केन्द्रित रही प्रविधिको दुरुपयोगबाट हुन सक्ने हानी नोक्सानीबाट बच्न र यसबाट लिन सकिने लाभबारे गृहमन्त्री अर्यालले दूरसञ्चार निकायका प्रमुखहरूलाई सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट