Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जसपा नेपालका दुई नेताले छाडे पार्टी

जसपा नेपालका दुई नेताले छाडे पार्टी

काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले पार्टी छाडेका छन् । अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेकाहरूलाई फर्किन आह्वान गरेकै बेला लुम्बिनी प्रदेशका दुई नेताले पार्टी छाडेका हुन् ।

तराई/थरुहट राष्ट्रिय समिति लुम्बिनी प्रदेशका अध्यक्ष सुमित्रा चौधरी र लुम्बिनी प्रदेशका कार्यकारिणी समिति सदस्य निरङ्कार यादवले पार्टी छाडेका हुन् । पार्टीभित्र नेतृत्वको हैकमवादी चरित्र एवं विधि र विधानको बेवास्ता गर्दै पार्टीमा गुटगत राजनीति हाबी भएको भन्दै उनीहरुले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij