काठमाडाैँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चार माध्यामलाई टिक्न कठिनाई हुने अवस्था आएको बताएका छन् । आइतबार सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री खरेलले सामाजिक सञ्जालको दवदवाले आम सञ्चार माध्यामहरुलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यक रहेको समेत स्पष्ट पारे ।
उनले आजबाट शुभारम्भ भएको एनटिभी वल्र्ड च्यानलले बाँकि विश्वलाई हेर्न र बुझन महत्वपूर्ण योगदान पुर्याउने विश्वा समेत व्यक्त गरे । मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थालाई आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij