Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेको गृहमन्त्रीको दाबी

पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेको गृहमन्त्रीको दाबी

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयको कामकाज संवेदनशील र जिम्मेवारीपूर्ण रहेको बताउँदै सुशासन र स्थायित्वका लक्ष्यसहित सरकार अघि बढिरहेको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत धेरै विषयमा बोल्न नसकिने अवस्थाबीच पनि सरकार जनताको विश्वासका साथ काम गरिरहेको स्पष्ट पारेका हुन् । गृहमन्त्री अर्यालले भने, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। हाम्रो काम शुद्ध चित्तले कर्म गर्दै जानु हो।’ उनले मन्त्रालयले जनतासँगको प्रत्यक्ष सम्बन्ध भएका कामहरूमा इमानदार प्रतिबद्धता जनाउँदै जिम्मेवारीका हरेक पाइलामा सुशासनलाई केन्द्रमा राखेको बताए।

‘पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ,’ उनले भने, ‘कार्यकालको अन्त्यमा जनतालाई धैर्य र साथका लागि धन्यवाद दिनेछौँ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij