गोरखा : सिरानचोक गाउँपालिका–४ गुम्तीमोडमा आज राती माइक्रो बस दुर्घटना हुँदा चितवनका १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आज राति करिब ८ बजेको समयमा गोरखा भच्चेकबाट आबुखैरेनी तर्फ आउँदै गरेको बा ४ ख ६०४३ नम्बरको माईक्रो ब्रेक फेल भई सडकको दाहिने साईडको भित्तामा ठोक्किएर दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । माइक्रोमा सवार चालक सहित १९ जना मध्ये १७ जना घाईतेलाई प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेहुनेहरुको विवरण
१. चितवन खैरहनी बस्ने वर्ष–८ को स्वरिनल चौधरी, (मुखमा चोट च्यापु बाङगिएको, अवस्था सामान्य बोल्ने सिरियस)
२. सोही स्थानका वर्ष ३६ की पवित्र महत्तो (दाहिने खुट्टा फ्याक्चर बोल्न सक्ने मध्यम)
३. सोही स्थानका वर्ष ४३ की जमुना कुमारी महतो (दुबै खुट्टामा चोट बोल्न सक्ने मध्यम)
४. ऐ.ऐ. बस्ने वर्ष १० की सुमी चौधरी (टाउको, निधारमा चोट बोल्न सक्ने मध्यम)
५. ऐ.ऐ.बस्ने वर्ष ४५ की सबिना चौधरी (टाउकोमा चोट, बोल्न सक्ने अबस्था मध्यम)
६. ऐ.ऐ. बस्ने वर्ष ६० की जियनी चौधरी (दुबै हातमा चोट बोल्न सक्ने अबस्था मध्यम)
७. ऐ.ऐ.बस्ने वर्ष ४३ की प्रमिला चौधरी (दुबै खुट्टाम चोट बोल्न सक्ने अबस्थ मध्यम)
८. ऐ.ऐ.बस्ने वर्ष ४८ की रेश्मा चौधरी (दाहिने खुट्टा फ्याक्चर बोल्न सक्ने मध्यम)
९. ऐ.ऐ. बस्ने वर्ष ४३ की मिना चौधरी (नाकमा चोट बोल्न सक्ने अबस्था सामान्य)
१०. ऐ.ऐ. बस्ने वर्ष ७ का युविन चौधरी (निधारमा ददारेको चोट अबस्था सामान्य)
११. ऐ.ऐ बस्ने वर्ष ४३ की लक्ष्मी चौधरी (दुबै खुट्टा फ्याक्चर,अनुहारमा चोट सामान्य बोल्ने अबस्था सिरियस)
१२. ऐ.ऐ.बस्ने वर्ष ५३ को सुदिर अधिकारी (मुखमा सामान्य चोट अबस्था सामान्य)
१३. ऐ.ऐ.बस्ने वर्ष ४६ की मिरा अधिकारी (निधारमा चोट अबस्था मध्यम)
१४. ऐ.ऐ. बस्ने वर्ष ४० की बिना चौधरी (दाहिने खुट्टामा चोट अबस्था सामान्य)
१५. ऐ.ऐ. बस्ने वर्ष ३७ की ज्ञानु चौधरी (बायाँ खुट्टामा चोट अबस्था सामान्य)
१६. ऐ.ऐ. बस्ने वर्ष ६४ की लक्ष्मी चौधरी (बाहिरी चोट नभएको, भित्री चोट हुन सक्ने अबस्था सामान्य)
१७. ऐ.ऐ. बस्ने वर्ष ५४ की अप्सरा बर्तौला (दाहिने घोडामा चोट अबस्था सामान्य)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij