Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन चलाउने

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन चलाउने

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने भएको छ।शनिवार काठमाडौँमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यसमा नागरिकस्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताए।

सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने बताउँदै उनले अहिलेसम्म जेनजी आन्दोलनका क्रममा लुटिएका ७ सय १० वटा हतियार फिर्ता भइसकेको र केही अझै फिर्ता हुन बाँकी रहेको बताए।आन्दोलनका क्रममा १४ हजार ५ सय ४९ जना फरार रहेकोमा ९ हजार ५ सय २१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १ सय ५ जना बाहिर रहेको उनले बताए। गृहमन्त्री अर्यालकाअनुसार अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट