Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ :  मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध भएकाे छ । समुद्री सतहको ४ हजार मिटर उचाइबाट विस्तार गरिएको मुस्ताङ–डोल्पा सडक हिमपातका कारण अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

अवरुद्ध मुस्ताङ–डोल्पा सडकको हिउँ पन्छाएर सञ्चालन गर्न आवश्यक पहलका लागि सडक डिभिजन कार्यालय बाग्लुङसँग माग गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ–डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म विस्तार गरेको थियो ।

हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा एक हप्तादेखि विद्युत् र इन्टरनेट सेवाका साथै मोबाइल फोन सेवा पनि अवरुद्ध रहेको त्यहाँका वडा सदस्य छिरिङपाल्साङ गुरुङले जानकारी दिनुभयो ।साङ्ता गाउँमा एक वर्षअघि गाउँपालिकाको समन्वयमा १३ घरधुरीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सोलार जडान गरी विद्युतीकरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट