Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

‘देशका लागि आएको हुँ, भाग्दिन’ — एमाले अध्यक्ष ओली

‘देशका लागि आएको हुँ, भाग्दिन’ — एमाले अध्यक्ष ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश छाडेर कहीँ नभाग्ने स्पष्ट बताएका छन्। उनले देशको हितका लागि राजनीतिमा आएको बताउँदै, “मर्नुपरे देशकै मर्न्छु, भाग्दिन,” भन्ने प्रतिक्रिया दिएका हुन्।

शुक्रबार काठमाडौंमा एमाले केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको विद्वत वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले ग्रीक दार्शनिक सुकरातको उदाहरण दिंदै कठिन परिस्थितिमा पनि नभाग्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “देश बनाउन राजनीतिमा आएको हुँ, देश छाडेर कहीँ भाग्दिन।”

कार्यक्रममा ओलीले देशको ठूला पार्टीका नेताहरुलाई काठमाडौं उपत्यका बाहिर जान रोक्ने प्रयास र निर्वाचन आयोजनाबिच तालमेल नमिलेको टिप्पणी गरे। एमाले कुनै शक्तिसँग नझुकेको शक्ति भएकाले देश र जनताको पक्षमा निरन्तर लागिरहने उनले स्पष्ट पारे।

ओलीले लोकतन्त्रमा संविधानको सही अभ्यासको आवश्यकता औंल्याउँदै भने, “जेनजी आन्दोलन राम्रो मागका लागि सुरु भएको थियो, तर त्यसमा चलखेल हुँदा विध्वंसात्मक रूप लियो।”

उनका अनुसार संविधान विपरित कार्य गर्न कसैलाई छुट दिनु हुँदैन र प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्रै देशलाई निकास दिन सकिनेछ।

  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij