Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

भन्सार छलेर ल्याएका विभिन्न मोडलका ३१ थान आईफोन प्रहरीले बरामद

भन्सार छलेर ल्याएका विभिन्न मोडलका ३१ थान आईफोन प्रहरीले बरामद

बुटवल : भारतीय सिमानाकाबाट भन्सार छलेर ल्याएका विभिन्न मोडलका ३१ थान आईफोन प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–१५ स्थित सखवानीबाट आईफोन बरामद गरेको हो।

बरामद गरिएका फोन आवश्यक प्रक्रिया पुरा गरी भन्सार कार्यालय बेलहिया पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए। ३१ थान आईफोनको बजार मूल्य १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको उनले बताए।

प्रहरीका अनुसार आई फोन ११, १३, १५, १७, एक्सआर, एक्स लगायत मोडलका फोनहरु बरामद गरिएको छ। त्यस्तै, प्रहरीले भन्सार छलेर ल्याएका ८७ हजार २ सय ४० रुपैयाँ बराबरको विभिन्न कपडाहरू समेत बरामद गरेको डिएसपी रानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट