Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनका किसान नेता किशोर बगाले: दुग्ध व्यवसाय र किसान अधिकारका अग्रपङ्तिमा

चितवनका किसान नेता किशोर बगाले: दुग्ध व्यवसाय र किसान अधिकारका अग्रपङ्तिमा

चितवन : चितवनको रत्ननगर–१२ निवासी किसान नेता किशोर बगाले १२ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय रहँदै आएका छन्।

गोरखकाली गाई फर्मका सञ्चालक बगालेसँग हाल ५० वटा गाई छन्, जसबाट दैनिक करिब ४०० लिटर दूध उत्पादन हुन्छ। बिहान बेलुका आफ्नै गोठमा गाई दुहुनदेखि दाना–पानीसम्मको जिम्मेवारी सम्हाल्ने उनी दिउँसो भने किसानका समस्या सुन्न र समाधानका लागि दौडधुप गर्न व्यस्त रहन्छन्।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्षसमेत रहेका बगाले किसानका हक र हितका दृढ पक्षधर हुन्। दुग्ध व्यवसायलाई आत्मनिर्भर र व्यवस्थित बनाउन सधैं अग्रसर बगाले किसानका आवाज बुलन्द गर्न अग्रपङ्तिमा देखिन्छन्।

केही दिनअघि बगालेको फार्ममै पुगेर नेपाल भ्रमणमा आएको बङ्गलादेशी किसानको टोलीले समेत उनको फार्म अवलोकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij