चितवन : विशेष अदालत, काठमाडौँले पूर्वी रत्ननगरस्थित नेपाल नमूना माध्यमिक विद्यालयमा भएको भनिएको अनियमित नियुक्ति प्रकरणमा प्रधानाध्यापक बुद्धिराज सुवेदीसहित सबै प्रतिवादीलाई निर्दोष ठहर गरेको छ।
अदालतको इजलास नं.१ — अध्यक्ष सुदर्शनदेब भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयोजनमा २०८२ साल कात्तिक २० गते सुनाइएको फैसलामा शिक्षक विजया सुवेदीलाई स्थायी नियुक्ति दिने विषयमा लगाइएका आरोपमा कुनै ठोस प्रमाण नपाइएको उल्लेख छ।
फैसला अनुसार विद्यालय व्यवस्थापन समितिले आफ्नो अधिकार प्रयोग गरी निर्णय गरेको प्रमाण भेटिएको र सो प्रक्रियाबाट राज्य वा कुनै पनि व्यक्तिलाई आर्थिक हानि नभएको ठहर गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij