काठमाडौँ : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले रानाभाटको राजीनामा स्वीकृत गरेका हुन् ।
रानाभाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । २०५८ साउन १८ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका रानाभाट यसै वर्ष एसएसपीमा बढुवा भएका थिए । उनी २०८२ साउनमा प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका हुन् ।रानाभाटको राजीनामा स्वीकृत भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij