Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रुपन्देहीमा बसको ठक्करबाट एक जनाको मृत्यु

रुपन्देहीमा बसको ठक्करबाट एक जनाको मृत्यु

बुटवल : रुपन्देहीको सिद्धार्थनगरपालिका वडा नम्बर १२ भैरहवामा बसको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीका अनुसार बिहीबार बसले ठक्कर दिँदा मृत्यु भएका व्यक्तिको हालसम्म परिचय भने खुलेको छैन ।

जन्ती लिएर आएको मधेस प्रदेश ०३–००१ ख ९०३९ नम्बरको बसले अन्दाजी ३५ वर्षका पुरुषलाई ठक्कर दिएको थियो । घटना लगत्तै घाइतेलाई उपचारका लागि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट