Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

ब्लु इनर्जीले त्रिशूली नदी किनारमा राखेको होर्डिङ बोर्ड हटाउन नाराको माग

ब्लु इनर्जीले त्रिशूली नदी किनारमा राखेको होर्डिङ बोर्ड हटाउन नाराको माग

कुरिनटार,१८ कात्तिक : नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)ले  त्रिशूली नदी किनारमा  राखिएका होर्डिङ बोर्डहरु हटाउन माग गरेका  छन् । पछिल्लो समय  विभिन्न नदी तथा खोलामा  अवरोध सिर्जना गर्ने गरी राखिएका साइनबोर्डहरूका कारण राफ्टिङ  मार्गमा समस्या उत्पन्न भएकोले  होर्डिङ बोर्डहरु हटाउन माग गरेका हुन् ।

हाइड्रो पावर कम्पनीहरुले राफ्टिङका लागि जोखिम क्षेत्र भनेर बोर्ड राख्दा राफ्टिङ व्यवसायमा असर पुगेको नाराको भनाई छ ।  नाराका तर्फबाट ती बोर्डहरू हटाउने पहल जारी रहेका र सम्बन्धित निकायहरूसँग आवश्यक समन्वयका साथै स्थलगत निरीक्षणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

a8a12ab4-7fb0-4b69-8844-7016293570ae1762241933.jpeg

नदीको स्वाभाविक बहाव जोगाउँदै सुरक्षित र व्यवस्थित राफ्टिङ वातावरण सुनिश्चित गर्नु नाराको उदेश्यको रहको जनाएको छ ।  पछिल्लो समय त्रिशूली नदीमा  ब्लु इनर्जीले होर्डिङ बोर्ड राखेका  छन् । चितवनको चुमखोला  र गोरखा गण्डकी बुटारस्थित  त्रिशूली नदीमा सुपर त्रिशूली हाइड्रो पावर निर्माण भइरहेको छ । सो क्षेत्र आसपास  राफ्टिङका लागि जोखिम क्षेत्र भनेर  करिब ४ कि.मि. सम्म निर्माण कम्पनी ब्लु इनर्जीले होर्डिङ बोर्डहरु राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij