चितवन : चितवनको नारायणी नदी किनारमा आजदेखि सुरु भएको खेलकुद तथा व्यापार महोत्सवको मुख्य आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ निर्माण कार्य सुरु गरिएको छ।
महोत्सवको मुख्य प्रवेशद्वारमै निर्माण भइरहेको उक्त लन्डन ब्रिजको प्रतिकृति हेर्न अहिले नै सर्वसाधारणमा उत्सुकता देखिएको छ। आयोजक समितिका अनुसार दर्शकहरूले मुख्य गेटमा टिकट खरिद गरेपछि यही लन्डन ब्रिजमार्ग भएर भित्र प्रवेश गर्ने व्यवस्था गरिएको छ।
ब्रिटेनको प्रसिद्ध लन्डन ब्रिजको नमुना झल्काउने गरी तयार पारिँदै गरेको यो संरचना सजावट, प्रकाश र डिजाइनका हिसाबले विशेष आकर्षक बनाईएको छ। यसले महोत्सवमा आउने आगन्तुकहरूलाई नयाँ अनुभूति दिने आयोजकहरूको विश्वास छ।
महोत्सवमा खेलकुद, व्यापार, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादन प्रदर्शनका विविध स्टलहरू पनि रहनेछन्। आयोजनाका अनुसार महोत्सव आर्थिक, सामाजिक र पर्यटन प्रवर्द्धनमा योगदान दिने उद्देश्यले आयोजना गरिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij