मुग्लिन,१४ कात्तिक : अविरल बर्षासगैँ पहिरोकोे उच्च जोखिम बढेपछि नारायाण्ढ –मुग्लिन र पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–मलेखु सडकखण्डमा सकभर यात्रा नगर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज शुक्रबार साँझ एक सूचना जारी गर्दै बर्षासगैँ हिजोदेखि स–साना पहिरोहरु निरन्तर खसीरहेकोले अत्यावश्यक बाहेक सकरभर यात्रा नगर्न अनुरोध गरेका हुन् ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइनभीर र पृथ्वीराजमार्गको मुग्लिन–मलेखु सडक खण्डको विभिन्न स्थानमा झरेको पहिरोहरु हटाई सवारी आवागमन सुचारु भइरहेपनि पहिरोको उच्च जोखिम रहेकाले सकभर यात्रा नगर्न र यात्रा गर्नपरे सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आग्रह गर्नुभएको छ । बर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायाण्ढ–मुग्लिन र पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–मलेखु सडकखण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने उहाँले बताउनुभयो । उक्त सडकखण्डमा यात्रा गर्न पूर्व जानकारी लिएर मात्र यात्रा गर्न समेत जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।
यात्रा गर्नपुर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij