Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते

टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते

चितवन  : आज बिहान चितवनमा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका ९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा। प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस ठोक्किएको हो ।

त्यसपछि सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा .प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बससमेत ठोक्किएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बस दुर्घटनापछि सडकमा पल्टिएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण आँपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरूको उद्धार गरी चितवनका विभिन्न अस्पताल पुर्‍याएको छ । घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।क्रेनको सहायताले दुर्घटना भएको सवारि साधन हटाएर आज बिहान २ : ५५ बजेबाट सडक एकतर्फी सञ्चालन गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij