Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सिजी ल्याण्डमार्कमा युवा व्यवसायीमाथि आक्रमण पपुलर शैलुनका सञ्चालक सुलभ घाइते, आक्रमणकारी फरार

सिजी ल्याण्डमार्कमा युवा व्यवसायीमाथि आक्रमण पपुलर शैलुनका सञ्चालक सुलभ घाइते, आक्रमणकारी फरार

चितवन : चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ)माथि बिहीबार साँझ सिजी ल्याण्डमार्क परिसरमा आक्रमण भएको छ। पपुलर शैलुनका सञ्चालक सिग्देललाई घर फर्किने क्रममा पार्किङ क्षेत्रमा तीन जनाको समूहले लक्षित आक्रमण गरेको प्रहरीले जनाएको छ।

सिसीटीभी फुटेज अनुसार, ती तीन व्यक्ति प्रवेशद्वार नजिकै सिग्देललाई पर्खेर बसेका थिए। सिग्देल पुग्नेबित्तिकै उनीहरूमध्ये एकजनाले मोटरसाइकलको हेलमेट प्रयोग गरी उनको टाउको र हातमा प्रहार गरेको देखिन्छ। सुरक्षा गार्डहरू पुगेका बेला आक्रमणकारीहरू घटनास्थलबाट भागेका थिए।आक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ। हाल उनको उपचार भरतपुर अस्पतालमा भइरहेको परिवार स्रोतले जनाएको छ।

यसअघि पनि केही साताअघि सिग्देलमाथि सिजी मल परिसरमा आक्रमण भएको थियो। लगातार दोस्रो पटक यस्ता घटना दोहोरिँदा व्यवसायीमाझ सुरक्षा प्रति चिन्ता बढेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान नजिक पुगेको छ।“सिसीटीभी फुटेजका आधारमा केही शंका लागेका व्यक्तिहरूको खोजी भइरहेको छ,” एसपी पुरीले भने, “सबै क्षेत्रमा प्रहरी टोली खटाइएको छ र अनुसन्धान तीव्र पारिएको छ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij