चितवन : तिहारसँगै सौराहामा पर्यटकीय चहलपहल बढ्न थालेको छ। लामो समयदेखि सुस्त भएको पर्यटन गतिविधि फेरि बिस्तारै गतिमा फर्किन थालेको हो।जेन जि आन्दोलनका कारण ठप्प रहेको यहां मुग्लिन–नारायणगढ र नारायणगढ–बुटवल सडकखण्डका कारण पनि यात्रु र व्यवसायीहरू समस्यामा परेका थिए। यस्ता अवरोधका कारण दशैंको समयमा अपेक्षित संख्यामा पर्यटक नआउँदा सौराहाका होटल व्यवसायी र पर्यटकीय व्यवसायीहरू चिन्तित बनेका थिए। तर, तिहारसँगै आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेपछि व्यवसायीहरूमा केही राहतको अनुभूति भएको छ। सौराहाका होटल, रेस्टुरेन्टहरूले अबको केही सातामा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गरेका छन्। स्थानीय व्यवसायी होटल पार्क साईडका सञ्चालक शिरलाल परियारका अनुसार, “दशैंमा जति निराशा थियो, अहिले तिहारपछि फेरि बजार तात्न थालेको छ। यदि सडकमा सहजता र राजनीतिक स्थिरता रह्यो भने यस सिजन राम्रो हुने देखिन्छ।”
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहा पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै आएको छ। पर्वका अवसरमा विशेषगरी पारिवारिक समूह र युवा वर्गका पर्यटकहरू यहाँ घुम्न आउने गर्छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij