गैँडाकोट : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१ इट्टाभट्टी नजिक गएराति २८ वर्षीय युवकको हत्या भएको छ। युवाहरूको समूहबीचको झगडामा चक्कु प्रहार हुँदा सोही ठाउँका नारायण कुमालको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij