Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनको गोन्द्राङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

चितवनको गोन्द्राङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

नारायणगढ : पूर्वपश्चिम राजमार्गको गोन्द्राङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ४ः१५ बजे भरतपुर महानगरपालिका– १२ गोन्द्राङमा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार टाँडीबाट गोन्द्राङ तर्फ आइरहेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक बिचमा रहेको डिभाइडरमा ठोक्किँएर  दुर्घटना भएको हो । सो दुर्घटनामा परी मृत्यु हुनेमा तनहुँ देवघाट गाउँपालिका वडा नम्बर २ घर भई हाल नवलपुर गैंडाकोट नगर पालिका वडा नम्बर १ बस्ने वर्ष ४४ को टंकप्रसाद थापा रहनुभएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थापाको अस्पतालमा मृत घोषणा गरिएको हो ।

उहाँ मोटरसाइकलको पछाडी सवार थिए । मोटरसाइक चालक गैंडाकोट नगरपालिका–१ बस्ने वर्ष २६ को केशव घर्ती मगर घाइते भएका छन् । उहाँको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij