चितवना मोटरसाइकल दुर्घटचितवन,५ कात्तिक : चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल खैरहनी नगरपालिका २ जनजीवन टोलमा गएराती १२ ः २० बजे आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालक हाल परिचय नखुलेका अन्दाजी २२÷२३ बर्षका पुरुष घाइते हुनुभएको थियो । उहाँको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा राती १ः १३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ना हुदाँ एक जनाको मृत्यु
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij