चितवन, ४ कात्तिक : टिकौली जंगलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट टांडी तर्फ जादैँ गरेको ना३ख ९९८६ नम्बरको मिनि बस र बिपरित दिशाबाट आउँदै गरेका बिएबी ५००८ नम्बरको कार साँझ ५ बजे रत्ननगर ९ टिकौली जंगलमा एक आपसमा ठक्कर खांदा बसमा सवार रत्ननगर १० बस्ने बर्ष ३३ की पुजा सुबेदीको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि बसमा सवार अन्य ९ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार चालक काठमाडाँै तारकेश्वर १० बस्ने बर्ष ४४ को सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले दुर्घटना स्थलमा सडक अवरोध नभएको पनि प्रहरीले जनाएको छ ।
नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको निम्न घाईतेहरू बसमा सवार ः–
१.बस चालक जिल्ला चितवन राति न.पा.२ बस्ने वर्ष ३६ को सुरज कडेल, मध्यम ।
२.बसमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. ५ बस्ने वर्ष ३२ को भोजराज कार्की, सामान्य ।
३.जिल्ला चितवन रत्ननगर न.पा. ७ झुवानी बस्ने वर्ष २७ को प्रभु नारायण महत्तो सामान्य।
४.ऐ.बस्ने निजको छोरा वर्ष ८ को रियान महत्वको सामान्य ।
५.बसमा सवार जिल्ला गोर्खा गण्डकी गा.पा. ३ बस्ने बर्ष ३२ को भोजराज काप्री, सामान्य ।
६.बसमा सवार जि.चितवन भरतपुर म.न.पा.१२ ब स्ने बर ष ३७ की शोभा आचार्य, सामान्य ।
७.ऐ.ऐ. बस्ने निजको छोरी बर्ष ३ की सदिक्षा आचार्य सामान्य ।
८.बस चालक जिल्ला चितवन राप्ती न.पा. २ बस्ने बर्ष ३६ को सुरज कडेल, सामान्य ।
९.बसमा सवार जिल्ला गोर्खा बारपाक सुलिकोट गा.पा.३ बस्ने बर्ष ५५ की माईता गुरुङ, सामान्य ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij