चितवन : भरतपुरमा स्कुटर आफै अनियन्त्रीत भएर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान २ बजेको सयमा भरतपुर महानगरपालिका १० एयरपोट नजिकै बा.प्र.०६–००३ प ०६९२ नं.को स्कुटर आफै अनियन्त्रित भई पल्टिदाँ स्कुटर चालक भरतपुर २१ वस्ने वर्ष २५ को संदिप घिमिरे र स्कुटर पछाडी सवार सोही ठाउँ बस्ने वर्ष २८ को कुशल अर्याल गम्भीर घाइते भएका थिए घाइते दुबै जनाको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा २ः३५ बजे मृत्यु भएको हो । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ । घटना स्थल जिल्ला प्रहरी कार्यालय चितनबाट १ कि.मि.पश्चिम दक्षिणमा पर्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij