चितवन : मुग्लिन–नारायणगढ सडकखण्डमा शनिबार बिहान भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटना बिहान करिब साढे ७ बजे चितवनको गाईघाट नजिक यात्रुवाहक बस र ट्रकसहित सातवटा सवारी आपसमा ठोक्किँदा भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उद्धारकार्य सम्पन्न गरी सबै घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij