नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१ केउरेनीमा मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते भएका छन्। गएराति करिब ९ बजे देवचुलीको दलदलेबाट रजहरतर्फ जाँदै गरेको लु ३७ प ६९२० नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनामा मोटरसाइकल चालक देवचुली–१३ निवासी ४३ वर्षीय रिमबहादुर नेपाली, पछाडी सवार गैँडाकोट नगरपालिका–१७का ३५ वर्षीय कृष्ण नेपाली र देवचुली–१ केउरेनीका १८ वर्षीय पैदल यात्री दानबहादुर बिका घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
घाइतेहरू सबैको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको र दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij