Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनमा प्रहरी झैँ पोसाक लगाएर चोरी प्रयास, जम्काभेटपछि फरार

चितवनमा प्रहरी झैँ पोसाक लगाएर चोरी प्रयास, जम्काभेटपछि फरार

चितवन: कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार राति चोरी गर्ने उद्देश्यले प्रहरीले जस्तै पोसाकमा आएका व्यक्तिहरू उम्किएका छन्। नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा मध्यराति प्रवेश गरेका उनीहरू घरधनीसँग जम्काभेट भएपछि आफूहरू प्रहरी भएको दाबी गर्दै फरार भए।

खतिवडाका अनुसार राति १२ बजेतिर क्रिकेट हेरेर घर फर्कँदा सडकको बत्ति निभाइएको देखियो। घर अगाडिको बत्ती पनि बन्द गरिएको हुँदा शंका लागेÑ । उनका अनुसार एक अपरिचित युवक बरण्डाबाट आँगनमा निस्किँदा आफू आत्तिएका थिए। ती व्यक्तिले फरार कैदी खोज्दै आएको भनेपछि खतिवडा काकाको घरतर्फ लगे।

भाइ विवेक खतिवडासहित पुनः घर फर्कँदा ती व्यक्तिहरू मोटरसाइकलसमेत हालिसकेको अवस्था थियो। उनीहरूले आफू प्रहरी भएको र लोकेसनअनुसार कैदी लुकेको भन्दै बहाना गरेको खतिवडाले बताए। घर अगाडिको मोटरसाइकल सारिएको, हेलमेट र जुत्ता सडक किनारामा राखिएको र झ्यालको पल्ला खोलिएको पाइएपछि चोरी गर्ने नियत भएको पुष्टि भएको उनले बताए।

नजिकैका काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकलसमेत राति चोरी भएको छ। घटनापछि प्रहरीलाई खबर गरिएको र अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द पुरीले फरार कैदीका कोणबाट पनि अनुसन्धान हुँदै गरेको बताए।

देशका विभिन्न कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार अवस्थामै रहेका बेला यो घटना भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij