Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनमा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु

चितवनमा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि आजदेखि ११ घण्टा सेवा दिन थालेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सेवा सुरु गरिएको हो ।

आवश्यक उपकरणको अभावका कारण चापअनुसार सेवा दिन नसकेपछि ती सेवालाई बिहानदेखि सुरु गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । राष्ट्रिय परिचयपत्र र राहदानी विभागले आवश्यक उपकरण नपठाउँदा दक्ष जनशक्ति हुँदा हुँदै पनि सेवा दिन कठिन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij