Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सेयर बजारमा हरियाली, नेप्से ४४ अंकले उक्लियो

सेयर बजारमा हरियाली, नेप्से ४४ अंकले उक्लियो

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उत्फुल्ल देखिएको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढ्दै २५४७.६० विन्दुमा पुगेको छ । बजारमा भएको सुधारसँगै लगानीकर्तामा उत्साह देखिएको छ।

सोमबार ३३० वटा कम्पनीका सेयर ४८ हजार ८३६ पटक किनबेच भएका छन् । यस अवधिमा ९९ लाख ४ हजार ८७४ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

करिब दुई सय कम्पनीका सेयर मूल्यमा हरियाली देखिएका छन् भने ४४ वटा कम्पनी राताम्मे भएका छन् । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र क्रेस्ट माइक्रो इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ । सोहीबीच सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij