भरतपुर : जेनजी चितवन, भरतपुर-४ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आईतवार सो वडाका जेनजी युवाहरुले जिल्ला निर्वाचन कार्यालय,चितवन पुगेर कार्यालय प्रमुख भिमसेन कार्कीलाई आगामी निर्वाचन सम्बन्धी जनचेतना कार्यक्रमका लागि सामग्री उपलब्ध गराउन माग गर्दै विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो।
सो कार्यक्रम मार्फत आम नागरिकलाई मतदानको महत्व, योग्य प्रतिनिधि चयनका मापदण्ड, र निर्वाचन प्रक्रियाबारे सचेत गराउने उद्देश्य राखिएको जेनजि चितवनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा निर्वाचन कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि निर्वाचन सम्बन्धी पम्पलेट, भिडियो सामाग्री, सम्भव भएसम्म कार्यालयका प्रतिनिधि पठाई सहयोग गर्नको लागि समेत अनुरोध गरिएको छ ।
युवा पुस्ता राष्ट्र निर्माण र स्वच्छ नेतृत्व चयनमा योगदान पु¥याउने दृढ प्रतिबद्धताका साथ यो अभियान अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij