Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थ्रुपिएसँगै राष्ट्र बैंकले बजारबाट सात दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रूपमा बैंकहरुबाट तरलता तान्दै आएको छ ।

बैंकहरुमा बढेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज ७ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij