Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

काठमाडौँ :कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो । ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

११ ः ०३ बजेसम्म नेप्से परिसूचक १०२ अङ्क बढेर २६६२ अङ्कमा कायम भएको छ । १०२ अङ्क बढेर २६६२ अङ्कमा पुग्दा सेयर कारोबार भने २७ करोड ५६ लाख रुपैयाँको खरिदबिक्री भएको छ ।

बुधबार नेपाल राष्ट्र बैङ्कले सेयर कर्जामा २५ करोडको सीमा हटाएसँगै बजारमा उच्च वृद्धि देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij