चितवन : चितवनमा स्कुटरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार साँझ ६ : ३० बजे राप्ती नगरपालिका–२ पिप्ले सिमराचोकमा बा प्र ०२–०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिदाँ रौतहटको माधवनारायण नगरपालिका–८ का २४ वर्षका रूपेश यादव घाइते हुनुभएको थियो ।घाइते यादवको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा साँझ ७ : ४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । स्कुटर चालक राप्ती–२ का १८ वर्षीय दिपेश गौतम पनि घाइते हुनुभएको छ । घाइते दिपेशका पुरानो मेडिकल भरतपुरमा उपचार भइरहेको प्रवक्ता खनालले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij