चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा कारले मोटरसाइकललाई ठक्कर दिदाँ तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान १०ः १५ बजे भरतपुर महानगरपालिका १ भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिन तर्फ जादैँ गरेको बा.प्र.०१–०३३ च २६२७ नम्बरको कारले विपरित दिशाबाट गइरहेको ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा।प्र।०६–००१प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ग २३ प ३०९२ नम्बरको मोटरसाइकल चालक कास्कीको पोखरा महानगरपालिका ११ बस्ने बर्ष ३६ को राजु आचार्य,बा.प्र.०६–००१ प ९३९१ नम्बरको मोटरसाइकल चालक गोरखा भिमसेन थापा गाउँपालिका १ बस्ने बर्ष ५६ को खड्क प्रसाद पौडेल र मोटरसाइकल पछाडी सवार उहाँकी श्रीमती ४५ बर्षिया रेखा कुमारी पौडेल घाइते भएका हुन् ।
घाइते मध्ये रेखा कुमारी पौडेलको अवस्थामा गम्भीर रहेको छ । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुबै मोटरसाइकल, कार र कार चालक धनुषाको मिथिला बिहारी नगरपालिका १० बस्ने बर्ष ३७ को राम नारायण यादवलाई प्रहरीले नियन्त्रण लिएको छ ।