Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनका होटलमा अलपत्र यात्रुलाई ७५ प्रतिशत छुट

चितवनका होटलमा अलपत्र यात्रुलाई ७५ प्रतिशत छुट

चितवन :  वर्षाका कारण सवारी आवागमन बन्द भएपछि चितवनमा अलपत्र परेका यात्रुहरूले अब होटलको कोठा भाडामा ७५ प्रतिशत छुट पाउने भएका छन्।

होटल व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको बैठकले संयुक्त रूपमा यस्तो निर्णय गरेको हो। निर्णयअनुसार जिल्लाभरिका सबै होटलहरूले आफ्ना नियमित कोठा भाडामा ७५ प्रतिशत छुट दिई २५ प्रतिशत शुल्कमा मात्रै सेवा प्रदान गर्नेछन्।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छुटमा बस्ने ग्राहकलाई कुनै पनि फरक व्यवहार नगरी सम्मानजनक सेवा दिन सदस्य होटलहरूलाई आग्रह गरेका छन्।

निर्णयको कार्यान्वयन भए-नभएको अनुगमन गर्न होटल संघ चितवन र जिल्ला प्रहरी कार्यालयले संयुक्त रूपमा निगरानी गर्ने प्रजिअ अर्यालले बताएका छन्। निर्णयविपरीत बढी शुल्क लिएको पाइएमा कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीका अनुसार अहिले सडकमा ४० देखि ५० वटा गाडी रोकिएका छन् भने २०० भन्दा बढी यात्रु अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij