Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पृथ्वी राजमार्गमा रातको समयमा यात्रा नगर्न चितवन धादिङ र तनहुँ प्रशासनको अनुरोध

पृथ्वी राजमार्गमा रातको समयमा यात्रा नगर्न चितवन धादिङ र तनहुँ प्रशासनको अनुरोध

चितवन,१७ असोज  : जिल्ला प्रशासन कार्यालय चितवन, धादिङ र तनुहँले पृथ्वीराजमार्गको कोत्रे–मुग्लिन,नागढुङ्गा र नारायणगढ मुग्लिन सडक खण्डमा असोज १७ गतेदेखि  २० गते सम्म अत्यआवश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । आज चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी र  तिनै जिल्लाका सुरक्षा नियकायका प्रमुखहरुसहितको संयुक्त बैठकले  कोत्रे–मुग्लिन,नागढुङ्गा र नारायणगढ –मुग्लिन सडक खण्डको विभिन्न स्थानमा पहिरो गई समय समयमा सवारी आवागमन बन्द  हुदैँ आएको र जल तथा मौसम पुर्वानुमान महाशाखाले असोज १७ देखि २० गते सम्म भारी बर्षा हुने अनुमान गरेकाले   रातको समयमा सो सडकखण्डहरुमा यात्रा नगर्न अनुरोध गरेको हो ।

यात्रा गर्दा दिनको समयमा आफ्नो गन्तव्यमा पुग्ने गरि यात्रा गर्न र यात्रा गर्नु अघि सुरक्षा निकायहरुबाट आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको  चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

सो अवधिभर अत्यआवश्यकबाहेक मालवाहक ठूला सवारी सधानहरु नचलाउन अनुरोध गरेको छ । साथै  पूर्वानुमान अनुसार बर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गहरुमा आवागमन बन्द गर्नुपर्ने अवस्था समत आउन सक्ने  भएकाले त्यस्तो अवस्था तर्फ सचेत एंव सतर्क रहि आवश्यक सहयोग गरिदिन सम्पूर्ण यात्रु महानुभावहरु एंव संघसंस्थाहरुलाई अपिल गरेको उहाँले बताउनुभयो  ।

साथै  सडकको अवस्था लगायतका विषयमा गुनासो एंव जानकारी लिन तिनै जिल्लाका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षकहरुसँग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij